तस्बिरमा हेर्नुहोस् जुम्ली भैलोको रौनक
काठमाडौँ । नेपालका अधिकांश क्षेत्र र समुदायमा कात्तिक कृष्ण औँसी अर्थात् तिहारमा खेलिने देउसी भैलो प्रख्यात छ । तर कर्णालीको जुम्ला क्षेत्रमा भने पुस कृष्ण औँसीदेखि पाँच दिनसम्म जुम्ली भैलो खेल्ने चलन रहेको छ ।

स्थानीय जनश्रुतिका अनुसार जुम्ली भैलो प्रचलनबारे अनेक प्रसंग छन् जसले यसको मौलिकता र विशिष्टता उजागर गर्छ । बाह्य संस्कृतिको प्रभावले यस्ता मौलिक संस्कृति बिस्तारै ओझेल पर्दै र हराउँदै गएका छन् । प्रायः नेपालीले तिहारमा खेल्ने भैलोका बेलामा पर्ने कात्तिक कृष्ण औँसीका दिन अर्थात् दीपावलीको दिन गाईपूजा हुन्छ । जुम्लातिर पुस कृष्ण औँसीको दिनलाई भट्ट्या औँसी पनि भनिन्छ । त्यो दिन गाईगोरुलाई भटमास पकाएर दिन्छन् । नुन दिन्छन् । कागलाई पनि खानेकुरा दिन्छन् ।

सोही अवसरमा जुम्लाका विभिन्न स्थानबाट राजधानी काठमाडौँमा बसोबास गर्ने जुम्ला बासीहरूले पनि जुम्ली भैलो मनाएका छन् । हिजो पुस कृष्ण औँसीदेखि जुम्लाका विभिन्न स्थानमा खेलिने भैलो बसाइसराइका कारण काठमाडौँमा पनि मनाइने गरेको धनादेवि पाण्डेले बताइन् । जुम्लामा साँझमा खेलिने भए पनि काठमाडौँमा त्यो सम्भव नभएको कारण दिनमा भैलो खेल्न टुँडिखेलमा जम्मा भएको उनले बताइन् । आफ्नो संस्कार, संस्कृति बचाउन, देउडा खेल्न, सुखदुःखको कुरा गर्न काठमाडौँमा भैलो खेल्न थालिएको पाण्डेले बताइन् ।






Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण