नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट
काठमाडौँ । नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र भिभान्ता होटलबिच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।
नबिल बैंकको तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलको तर्फबाट महाप्रबन्धक रवि निश्चलले समझदारीमा हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटिएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ ।
नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने भिभान्ता होटल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो । भिभान्ता होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाइ छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण