विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा कटुवाल
काठमाडौँ । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको हो ।
यसअघि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस हुनेमा बुढीगंगा–४ बाजुराका छत्रबहादुर कटुवाल, काठमाडौँ महानगरपालिका–१० का नवराज सापकोटा र मौवाखोला गाउँपालिका–३ ताप्लेजुङका रामप्रसाद पौडेल थिए ।
प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताको लागि २०८१ असार १२ गते सूचना प्रकाशन गरिएको थियो । उक्त सूचनाका आधारमा दरखास्त स्वीकृत उम्मेदवारमध्ये प्राधिकरणको कार्यकारी निर्देशक सिफारिससम्बन्धी कार्यविधि २०८१ बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई सिफारिस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण