दोधारा–चाँदनी जाँच चौकी निर्माणका लागि रुख कटानको अनुमति कुर्दै इन्टरमोडल यातायात
काठमाडौँ । मुलुकको व्यापार सहजीकरणका लागि सरकारले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाह निर्माण गर्न लागेको छ ।
यो आयोजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने भएको छ । यसका लागि नेपाल सरकार र भारत सरकारबिच १ जुन २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । इन्टरमोडल यातायात विकास समितिले तयार गरेको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन परिमार्जन सहित गएको भदौ ७ मा वन तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले स्वीकृत गरिसकेको छ ।
आयोजना सञ्चालनको लागि प्रस्तावित जग्गाको क्षेत्रफल ४२.३६ हेक्टर रहेको छ । एकीकृत जाँच चौकी तथा सुख्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातिका १७०२ रुख हटाउन असोज २ गतेको मन्त्रिपरिषद्ले पनि स्वीकृति दिइसकेको छ । अब राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले रुख कटान गर्न अनुमति दिनुपर्नेछ । दुवै कार्यालयसँग नियमित सम्पर्क गरिरहेको र आदेश प्राप्त भएपछि रुख कटानको लागि प्रक्रिया अघि बढाइने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।
एकीकृत जाँच चौकी निर्माण गर्न भारतीय पक्षबाट कम्पनी छनोटको लागि टेन्डरको तयारी भइसकेको र रुख कटान कार्य सम्पन्न भएपछि टेन्डर प्रकाशित गर्ने जानकारी समेत कार्यकारी निर्देशक गजुरेलले गराए ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको यस आयोजना अन्तर्गत सडक, पार्किङ क्षेत्र, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनलजस्ता संरचना हुनेछन् । त्यस्तै भन्सार, बैंक, पशुपन्छी तथा खाद्य प्रयोगशाला (क्वारेन्टाइन) प्रशासनिक भवन लगायतका संरचनाहरू पनि बन्नेछन् । आयोजनाको कुल लागत ५ अर्ब ७६ करोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण