इजरायलको आक्रमणमा मर्ने ११ जनामा हमासका प्रहरी प्रमुख पनि
बिहीबार, १८ पुस २०८१, १७ : ३३
गाजा । इजरायलले दक्षिण गाजामा गरेको आक्रमणमा कम्तीमा ११ जना प्यालेष्टिनीको मृत्यु भएको छ । यसरी मर्नेमा गाजामा हमासद्वारा सञ्चालित प्रहरी बलका प्रमुख पनि परेको बताइएको छ ।
खान युनिसको पश्चिममा रहेको अल–मावासी भएको यस आक्रमणमा परेर तीन जना बालबालिका र दुई महिलाको पनि मृत्यु भएको बताइएको छ ।
यस आक्रमणलाई हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले प्रहरी महानिर्देशक महमुद सलाह र उसको सहयोगी हसम शाहवानको हत्या भनेको छ । आक्रमणको समयमा यी दुईले मानवीय र राष्ट्रिय कर्तव्य निर्वाह गरिरहेको भनिएको छ । हालैका दिनमा इजरायलले गाजामा आक्रमण तीव्र बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘साथीलाई मारेँ’ भन्दै प्र्याङ्क भिडियो बनाउने युवती पक्राउ
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
-
यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण