ट्रम्पविरुद्ध ‘हस मनी’ मुद्दामा सजाय सुनाइने, जेल सजायबारे न्यायाधीशले के सङ्केत गरे ?
वासिङ्टन डिसी । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनुभन्दा दुई साताअघि ‘हस मनी’ मुद्दामा सजाय सुनाइने भएको छ । न्यूयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउने छन् ।
न्युयोर्कका न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेशन, जरिवाना वा सशर्त रिहाइ दिने सङ्केत गरेका छन्। नवनिर्वाचित राष्ट्रपतिले सजायको समयमा व्यक्तिगत रूपमा वा भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन सक्नेछन्।
ट्रम्पले आफू विरुद्धको मुद्दा खारेज गर्न आफ्नो चुनावी जीत प्रयोग गर्ने प्रयास गरे। उनको टोलीले सजाय सुनाउने न्यायाधीशको निर्णयको आलोचना गरेको छ र 'अराजक' मुद्दालाई तुरुन्त 'खारेज' गरिनुपर्ने भनेको छ।
गत वर्षको मेमा, ट्रम्पमाथि वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप बस्नका लागि १.३ मिलियन डलर तिरेको अभियोग लगाइएको थियो। यो रकम ट्रम्पले पूर्व वकिल माइकल कोहेनलाई दिएका थिए, जसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्नका लागि यो रकम वयस्क फिल्म स्टारलाई दिएका थिए।
ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्दैछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण