त्रिवेणी कपको उपाधि एपीएफलाई
पोखरा । लमजुङमा सम्पन्न त्रिवेणी कपको उपाधि एपीएफ क्लबले जितेको छ । त्रिवेणी रंगशालामा भएको फाइनलमा घरेलु वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै एपीएफले ३२ औँ संस्करणको कप हात पारेको हो । निर्धारित समयमा दुवैतर्फबाट २–२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
जीतसँगै एपीएफ काठमाडौँले १२ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता वीवाईसीले ६ लाख नगद पायो । फाइनलमा एपीएफका एन्जल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भएका छन् । यसैगरी सर्वाधिक गोलकर्ताको उपाधि एपीएफका प्रदीप लामाले पाउँदा वीवाईसीका ईमिनियल उत्कृष्ट खेलाडी बनेका आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।
खेल अवधिभर लामाले ६ गोल गरेका थिए । उनीहरू सबैलाई जनही नगद २५ हजारका दरले पुरस्कृत गरिएको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने त्रिवेणी युवा क्लब र टोखा भगवती फुटबल क्लबलाई नगद २–२ लाख प्रदान गरिएको छ । विजेतालाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण