छोराको हत्या गरेको अभियोगमा एक जना पक्राउ
आइतबार, २१ पुस २०८१, १३ : १६

सिन्धुली । सिन्धुलीमा एक जना बुवाले छोराको हत्या गरेका छन् । आफ्नै छोरा ४९ वर्षीय माइला भन्ने लीला बहादुर पुर्कोटी सार्कीको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-३ चपराडाँडा बस्ने ७६ वर्षीय डोमान सिंह सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लीला बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका लीला बहादुरको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन
-
जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी
-
एमालेका दुई युवा नेताको टिप्पणी : दुई बुँदे सहमतिले माओवादी र पलेँटी आन्दोलनले रास्वपालाई धूलिसात् बनायो
-
‘रुग्ण उद्योग पुनर्जीवन गर्न जग्गा सरकारको र व्यवस्थापन निजी क्षेत्रको जिम्मामा हुनुपर्छ’
-
अन्योलमा धुलिखेल–खावा सडक: ठेक्का रद्दपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन
-
हचुवाको भरमा रुग्ण उद्योगको सञ्चालन नगरौँ