निजी लगानीमा कांग्रेस नेता विश्वकर्माद्वारा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण
सुनसरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाईका लागि भवन निर्माण गरेका छन् ।
पूर्व उद्योग वाणिज्य मन्त्रीले सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित बराह मन्दिर परिसरमा 'टिका-बखत सामुदायिक भवन' निर्माण गरेका हुन् । उनले आफ्ना स्वर्गीय आमा टिकामाया र स्वर्गीय बखतबहादुरको सम्झनामा ६० लाख रुपैयाँ खर्च गरेर उक्त भवन निर्माण गरेका हुन् ।
भवनको आइतबार उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई हस्तान्तरण गरे । नगरपालिकाले उक्त भवनबाट सामुदायिक स्वास्थ्य इकाईको सेवा सञ्चालन गर्नेछ ।
बराह क्षेत्र मन्दिरमा आउने भक्तजन, तीर्थालुसहित स्थानीयबासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको नेता विश्वकर्माले बताए । भवनमा बिरामी जाँच कक्ष, स्वास्थ्यकर्मी आवास, सभाहल र पाहुना कक्ष समेत रहेका छन् ।
'दुई वर्ष लगाएर यहाँ भवन निर्माण भएर अब सामुदायिक स्वास्थ्य इकाई सञ्चालनको अवस्था बनेको छ । यसले मन्दिरमा आउने धर्मावलम्बी र स्थानीयबासीहरूलाई समेत आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्नका लागि सहज हुन्छ भन्ने अपेक्षा राखेको छु,' उनले भने।
सो अवसरमा जोखिममा रहेको बराह क्षेत्र बचाउन बराहक्षेत्र गुठी व्यवस्थापन समितिले उपप्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र समेत बुझायो । बराहक्षेत्र मन्दिर परिसर र बस्ती नै गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले जोखिममा परेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण