रासिदको घातक बलिङ, जिम्बाब्वेलाई उसैको घरमा धुलो चटायो अफगानिस्तानले
बुलावायो । रासिद खानको घातक बलिङको मद्दतले अफगानिस्तानले जिम्बाब्वेलाई दोस्रो तथा अन्तिम टेस्टमा ७२ रनले हराएको छ । योसँगै टोलीले दुई टेस्टको शृङ्खला १–० ले कब्जा जमाउन सफल भएको हो ।
अन्तिम दिन जितका लागि २ सय ७८ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको जिम्बाब्वेले ६८.३ ओभरमा सबै विकेट गुमाएर २ सय ५ रन मात्र बनाउन सक्यो । जिम्बाब्वेको ब्याटिङलाई ध्वस्त पार्न रासिद खानले ७ विकेट लिए । २७.३ ओभर बलिङ गरेका उनले ६६ रन मात्र खर्चिए । त्यस्तै जिया उर रहमानले २ विकेट हात पारे ।
जिम्बाब्वेका लागि कप्तान क्रेग अर्भिनले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, बेन करान र सिकन्दर राजाले ३८–३८ रन जोडे ।
अफगानिस्तान पहिलो इनिङ्समा १ सय ५७ रनमा सीमित बनेको थियो । जवाफमा जिम्बाब्वेले २ सय ४३ रन बनाउँदै अग्रता लिन सफल भयो ।
तर, दोस्रो इनिङ्समा रहमत शाह र इस्मत आलमको शतकीय इनिङ्सको मद्दतले अफगानिस्तानले ३६३ रन बनाउन सफल भएको थियो । प्लेयर अफ द सिरिज घोषित शाहले १ सय ३९ रन तथा आलमले १ सय १ रन जोडे ।
यसअघि, अफगानिस्तानले जिम्बाब्वेविरुद्धको ३ खेलको टी–२० सिरिज २–१ ले जितेको थियो भने ३ खेलको एकदिवसीय सिरिज २–० ले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण