पदबाट राजीनामा दिने तयारीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो
टोरन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले केही दिनमै आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्न सक्ने बताइएको छ । मिडिया रिपोर्टका अनुसार ट्रुडोले सत्तारुढ लिबरल पार्टीको नेताको पद त्याग्ने बारे सोचिरहेका छन्।
ट्रुडो विगत नौ वर्षदेखि क्यानडाको प्रधानमन्त्रीको रूपमा काम गर्दै आएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार राजीनामा कहिले घोषणा गर्ने भन्ने बारे अन्तिम निर्णय भइसकेको छैन ।
धेरै महिनादेखि ट्रुडोलाई आफ्नै पार्टीका सांसदहरूले राजीनामा दिन दबाब दिइरहेका छन्। गत महिना उनका अर्थमन्त्रीले पदबाट राजीनामा दिएका थिए ।
ओपिनियन पोलका अनुसार लिबरल पार्टी कन्जरभेटिभभन्दा निकै पछाडि छ ।
'द ग्लोब एन्ड मेल' समाचारका अनुसार ट्रुडोले बुधवार पार्टी ककस बैठक अघि आफ्नो पार्टीका सांसदहरूले उनलाई बाहिरको बाटो देखाउन चाहन्छन् भन्ने धारणाबाट जोगिनका लागि राजीनामा दिने इच्छा घोषणा गर्न सक्छन्। लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्रीको रूपमा रहने वा नरहने भन्ने अझै स्पष्ट भइसकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण