माघे सङ्क्रान्तिका लागि चाकु उत्पादनमा व्यस्त टोखाका व्यवसायी (तस्बिरहरू)
काठमाडौँ । गुलियो भन्नेबित्तिकै सबैको मुख रसाउँछ। त्यही गुलियो सखरबाट बन्ने चिज चाकु, तिलको लड्डु र सेतो तिलको लड्डु खाएर मनाइने पर्व माघे सङ्क्रान्ति नजिकिएको छ ।
टोखास्थित काशीलाललाई यतिबेला चाकु बनाउन भ्याई नभ्याई भएको छ। चाकु किलोको १४० र खुवाको चाकु ५०० किलो र कालो तिल र सेतो तिलको लड्डु रु ३०० किलोमा बिक्री भइरहेको छ।
माघे सङ्क्रान्तिका लागि टोखाका व्यवसायी चाकु उत्पादनमा व्यस्त भएका छन्। घ्यू र चाकु खाएर मनाइने माघे सङ्क्रान्ति पर्वका लागि बजारको माग अनुसार व्यवसायी चाकु उत्पादनमा व्यस्त बनेका हुन्।
परम्परागत रूपमै टोखाका नेवार समुदाय चाकु बनाउँदै आएका छन्। पछिल्लो समय टोखामा विभिन्न १४ वटा उद्योगमार्फत चाकु उत्पादन भइराखेको छ।
२०१६ सालसम्म चाकु बनाउने उखु टोखामै उत्पादन हुन्थ्यो र त्यस ठाउँलाई तुँख्यः अर्थात् उखुबारी भनिन्थ्यो। त्यही शब्द पछि अपभ्रंश भएर टोखा भएको स्थानीयको भनाइ छ। पहिले थोरै मात्रामा बन्ने चाकु अहिले १२ महिना उत्पादन हुन्छ। टोखामा अहिले भारतबाट आयात भएको सख्खरबाट चाकु बनाउनुपर्ने बाध्यता छ। बजारमा माग बढे पनि जनशक्तिको भने अभाव भएको व्यवसायी बताउँछन्।
_kexSDqBMOD.jpg)
नेवार समुदायमा चाकुको विशेष महत्त्व छ। यःमरी पुन्ही र माघे सङ्क्रान्तिको दिनमा अनिवार्य रूपमा चाकु चाहिन्छ। पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिन खाने चलन अनुसार चाकु पुस मसान्तसम्म बन्ने र माघ १ गते परिवारसँग बसेर एकसाथ खाने चलन छ।
_X4agMjemiY.jpg)
पहिले हातले फिटेर बनाउने गरिएको सेतो तिलको लड्डु, कालो तिलको लड्डु, झोल चाकु, स्पेसल चाकु, पुष्टकारी, बदाम लड्डु, मुरमुरे लड्डु अहिले प्रविधिको विकाससँगै मेसिनले पनि बनाउन थालिएको छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_CahPDosbkn.jpg)
_CiF9TJBxhb.jpg)
_sroEvkuRVB.jpg)
_u455FbyTYd.jpg)
_NN8B5Oi4UZ.jpg)
_lTQrpN4T2B.jpg)
_3m3IYjtjWG.jpg)
_AIIuXwxVys.jpg)
_t5vc4VBg3M.jpg)
_qhRbYE62AA.jpg)
_yrCbm7nTbA.jpg)
_cEyAoIBqyx.jpg)
_nkKO9fns3V.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण