मधेस प्रदेशसभाको चौथो अधिवेशन आजदेखि, दुई वटा कार्यसूची तय
जनकपुर । मंगलबारदेखि मधेस प्रदेश सभाको अधिवेशन सुरु भएको छ । दिउँसो १ बजेदेखि प्रदेशसभाको चौथो अधिवेशन सुरु हुने भनिएपनि दलहरूको आन्तरिक बैठकका कारण केही ढिलाइ हुने देखिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
चौथो अधिवेशनको पहिलो बैठकमा दुई वटा कार्यसूची तय गरिएको छ । जसमा शुभकामना सन्देश र पर्यटन विधेयकमाथिको दफावार छलफलका लागि प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको सभामुख रामचन्द्र मण्डलले बताए ।
उनका अनुसार सुरुमा अधिवेशन सुरु भएको शुभकामना सन्देश दिइन्छ र दलीय आधारमा प्रदेशसभाका सदस्यहरूले शुभकामना मन्तव्य दिने कार्यसूची रहेको छ ।
त्यसपछि पर्यटन विधेयकमाथि छलफल गरिनेछ । बैठकमा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले मधेसमा पर्यटनको विकास र प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची छ ।
प्रतिवेदन प्रस्तुत भइसकेपछि यो विषयमा दफावार छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सागर ढकालको घोषणा: अर्को पटक महामन्त्रीमा उम्मेदवारी दिन्छु
-
रेडक्रसद्वारा भ्रष्टाचार र अनियमितताका सम्बन्धमा उजुरी आह्वान
-
राहदानी छपाई प्रकरण : परराष्ट्र मन्त्रालयले के भन्यो जर्मन सरकारलाई ?
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण