यो एयरबड्सले गरिदिन्छ गर्दागर्दैको कुरा अनुवाद

लस एञ्जलस । टाइमकेटलले लस भेगासमा आयोजित कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस २०२५) मा यसै हप्ता आफ्नो नयाँ डब्ल्यू४ प्रो एआई दोभासे इयरबडहरू लन्च गरेको छ ।
एआईबाट चल्ने यी इयरबडहरू ओपन–इयर डिजाइनको साथ आएका छन् । यसले जर्मन, फ्रेन्च, हिन्दी, जापानी, भियतनामी, अरबी बल्गेरियन समेत ४० भाषा अनि ९३ एक्सेन्टहरूमा रियल–टाइम अन–कल अडियो अनुवाद गर्न सक्छ ।
यी इयरबडहरू कुनै पनि म्यानुअल इनपुट वा प्रम्प्ट बिनै दुबैतर्फ रियल–टाइममा भाषा अनुवाद गर्न सक्ने बताइएको छ । यस बाहेक पनि कम्पनीले प्रयोगकर्ताहरूलाई शब्दका लागि आफूलाई अनुकूल हुने अनुवादहरूलाई जोड्ने अनुमति दिएको छ । कम्पनीले यो डिभाइसका लागि नयाँ अपरेटिङ सिस्टम पनि ल्याएको छ ।
यो इएरबड्सको मूल्य ४४९ अमेरिकी डलर राखिएको छ । इएरबड्स कालो रङमा मात्रै उपलब्ध छ । आइतबारदेखि यो बिक्रीको लागि उपलब्ध छ । यसलाई कम्पनीको आधिकारिक वेबसाइटबाट अर्डर गर्न सकिनेछ । विश्वभरि कुनै पनि देशबाट यसको अर्डर गर्न सकिने तर ठाउँ अनुसार फरक फरक ढुवानी शुल्क लागू हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म