ट्रम्पले फेरि दिए ग्रिनल्यान्ड र पानामा नहर कब्जामा लिने चेतावनी
वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड र पानामा नहर नियन्त्रणमा लिने इच्छा त्याग्ने कुनै सङ्केत छैन । यी दुवै अमेरिकाको राष्ट्रिय सुरक्षामा अहम् भएको उनको भनाइ छ ।
ग्रिनल्यान्ड र पानामा नहर कब्जामा लिन सैन्य वा आर्थिक बल लगाउनु हुन्छ कि हुन्न भनेर सोधिएको प्रश्नमा उनले यी दुई मध्ये कुनै पनि आश्वस्त पार्न नसक्ने बताएका थिए । तर आर्थिक सुरक्षाका लागि दुवै अमेरिकालाई चाहिएको चाहिँ भन्न सक्ने उनले बताए ।
फ्लोरिडामा रहेको मार–अ–लागो होटलमा पत्रकार सम्मेलनमा क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ट्रम्प आफ्नो अभिव्यक्तिमा कत्तिको गम्भीर छन् भन्ने स्पष्ट छैन । डेनमार्क र पानामा दुवैले आफ्नो भूभाग त्याग्ने सङ्केत अस्वीकार गरेका छन् ।
क्यानडा छुट्याउने कुरामा पनि ट्रम्पले आर्थिक बल लगाउने कसम खाएका थिए । अमेरिका र क्यानडाको जोडिएको सीमालाई उनले कृत्रिम रूपमा खिचिएको सीमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
असन्तुष्ट छ रास्वपाभित्रको मधेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण