धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
काठमाडौँ । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर गरिएको धनुर्मास पूजापछि बुधबार दिनभर बन्द रहेको मन्दिर बेलुकी आरतीका लागि खुला गरिएको छ ।
मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि आज बिहान दर्शनका लागि आएका भक्तजनलाई दर्शन गर्न दिएपछि अपराह्नपछि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।
बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । परम्पराअनुसार मङ्गलबार राति १२ बजेदेखि बुधबार बिहानसम्म धनुर्मास पूजा गरिएको कोषका सदस्य सचिव मिलनकुमार थापाले जानकारी दिए ।
धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइएको थियो । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिएको छ । आज मध्याह्न १२ बजेदेखि बन्द गरिएको मन्दिर अहिले बेलुकीदेखि भने भक्तजनका लागि खुला गरिएको उनले सुनाए ।
आज मध्याह्न १२ बजेसम्म भने टाढा टाढाबाट पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई दर्शन गर्न दिने उद्देश्यले मन्दिर खुला राखिएको कोषका संस्कृति महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए । टाढा टाढाबाट आउने भक्तजनका लागि मध्याह्न १२ बजेसम्म दर्शन गर्न दिने परम्परा पनि गत वर्षदेखि मात्र सुरू भएको हो । त्यसअघि भने बिहान धनुर्मास पूजा सकेपछिदेखि नै पशुपतिनाथ मन्दिर बेलुकीसम्म बन्द गरिन्थ्यो ।
उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वाससमेत पशुपति क्षेत्रमा रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइएको थियो । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर भगवान् फर्किएको विश्वासमा आरती गरिएको हो । बिहीबार बिहानदेखि भने नियमित एवं विशेष पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण