रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको युक्रेनको दाबी
बिहीबार, २५ पुस २०८१, १० : १५
किभ । रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको दाबी युक्रेनले गरेको छ । उक्त हमलामा अन्य ३२ जना घाइते भएको जनाइएको छ ।
युक्रेनको दक्षिणी सहर जापोरिज्जियाका क्षेत्रीय प्रमुख इभान फेडोरोभका अनुसार रुसले बुधबार दिउँसो हमला गरेको हो । दुई ‘गाइडेड एरियल बम’ आवासीय क्षेत्रमा खसेको उनले बताए ।
रुसले यो हमलाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसको आतंकवाद’ विरुद्ध दबाब बनाउन आफ्ना सहयोगी मुलुकलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण