टाटे सिमीमा विषादी
काठमाडौँ । सर्लाही क्षेत्रमा उत्पादन भएको टाटे सिमीमा विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले शुक्रबार टाटे सिमीमा विषादी देखिएको हो ।
सो सिमीमा ५५.५११ कार्वमेट र ३०.५४४२ अर्गानोफस्फेट नामक विषादी पाइएको हो । पछिल्लो समय सागजन्य तरकारीमा समेत विषादीको प्रयोग अत्यधिक हुन थालेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर र सर्लाही क्षेत्रमा उत्पादित साग तथा टाटे सिमीमा विषादीको प्रयोग बढी भेटिएको छ । कालीमाटी तरकारी बजार विकास समितिले दैनिकरुपमा परीक्षण गर्ने रिपोर्टमा रायो, भाजी, जिरी, मार्फा, पाकुचा, टाटे सिमी लगायत तरकारीमा विषादी भेटिएका हुन् ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीको रिपोर्टमा यसअघि बुधबार (पुस २४ गते) १४ वटा नमुना परीक्षण गर्दा ४ वटा सागजन्य तरकारीको नमुनामा विषादी भेटाएको थियो । भक्तपुर क्षेत्रमा उत्पादन गरिएका जिरी र पाकुजा सागमा क्रमशः ८८.८४० प्रतिशत र ५४.८६४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी पाइएको थियो ।
यस्तै, काठमाडौँ क्षेत्रमा उत्पादन भएका मार्फा सागमा ८३.६६३ प्रतिशत र भाजी तथा रायोको सागमा ९९.२३३ प्रतिशत अर्गानोफस्फेट विषादी पाइएको थियो ।
समितिले पुस २३ गते ती सागहरूमा कार्बामेट र अर्गानोफस्फेटको मात्रा धेरै भेटिएको जनाएको थियो । उक्त सागमा ५५.६१९६ प्रतिशत कार्बामेट र ७५.५५१ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा भेटिएको थियो ।
यसअघि पुस २२ गते पनि भक्तपुरबाट कालीमाटी तरकारी बजार पुगेको रायोको सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको थियो ।
बजारमा कार्बामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी भए खान अयोग्य मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण