‘बलिङ एक्सन’ परीक्षणमा फेरि असफल भए शकिब अल हसन
काठमाडौँ । बङ्गलादेशका प्रभावशाली बलर शकिब अल हसन ‘बलिङ एक्सन’ परीक्षणमा फेरि असफल भएका छन् । शकिब अल हसनले चेन्नई टेस्टमा गरेको बलिङको शैली शंकाको घेरामा परेको थियो । सोही कारणले अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का विज्ञहरुले उनको बलिङ एक्सनको परीक्षण गरेका थिए ।
आफ्नो पछिल्लो परीक्षणमा पनि शकिब अल हसन असफल भएका हुन् । यसअघि गरिएको परीक्षणमा पनि शकिबको बलिङ एक्सन सही नभएको पाइएको थियो । सोही कारणले उनीमाथि माथिल्लो श्रेणीको घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो ।
शकिबको बलिङ एक्सन सबैभन्दा पहिले इङ्गल्यान्डको काउन्टी प्रतियोगिता खेल्ने क्रममा शंकाको घेरामा परेको थियो । त्यसपछि भारतविरुद्ध चेन्नईमा खेलिएको टेस्टमा पनि उनको बलिङ एक्सनको विषयलाई लिएर प्रश्न उठेको थियो ।
च्याम्पियन्स ट्रफीअघि बंगलादेश क्रिके बोर्ड (बीसीबी) का लागि यो ठुलै चिन्ताको विषय बनेको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण आगामी फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदै छ ।
‘बलिङ एक्सन’ परीक्षणमा असफल भएपछि शकिबको च्याम्पियन्स ट्रफी सहभागिता पनि अन्यौलमा परेको छ । शकिब टोलीका अलराउन्डर खेलाडी हुन् । त्यसैले बलरका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाए पनि ब्याट्सम्यानका रुपमा भने उनले हरेक प्रतियोगिता खेल्न पाउने छन् ।
‘शकिबमाथि लगाइएको प्रतिबन्ध पछिल्लो नतिजापछि पनि कायमै रहने छ । जबसम्म उनको बलिङ एक्सन परीक्षणको नतिजा सकारात्मक आउँदैन तबसम्म शकिबले बलिङ गर्न पाउने छैनन् । तर, ब्याट्सम्यानका रुपमा भने उनी जुनसुकै प्रतियोगिता खेल्न पनि स्वतन्त्र छन्,’ बीसीबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
३७ वर्षीय शकिबले बङ्गलादेशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले ७१ टेस्टको एक सय ३० पालीमा कुल चार हजार ६ सय नौ रन बनाएका छन् । उनले यो ढाँचाको क्रिकेटमा पाँच शतक र ३१ अर्धशतक पनि हिर्काएका छन् ।
यसैगरी, उनले दुई सय ४७ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल सात हजार पाँच सय ७० रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले नौ शतक र ५६ अर्धशतक प्रहार गरेका छन् । एक सय २९ टी–२० अन्तर्राष्ट्रियमा उनले कुल दुई हजार पाँच सय ५१ रन बनाएका छन् ।
यो ढाँचाको क्रिकेटमा उनले १३ अर्धशतक पनि हिर्काएका छन् । यसका अतिरिक्त, उनले टेस्टमा दुई सय ४९, एकदिवसीय अन्तर्राष्ट्रियमा तीन सय १७ र टी–२० अन्तर्राष्ट्रियमा एक सय ४९ विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण