जुम्लामा अनलाइनबाटै नागरिकता सिफारिस
आइतबार, २८ पुस २०८१, १० : २०
जुम्ला । जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।
यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ ।
प्रजिअ शाहीले भने ,“गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिन्छ । यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
-
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
-
रास्वपा केन्द्रीय समिति निर्वाचन: १९ जनाले कटाए २ हजार मत (सूचीसहित)
-
प्रदेशगत रूपमा हेमराज थापाले पाए सबैभन्दा बढी मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण