रास्वपा केन्द्रीय सदस्यमा थारु, मधेशी र मुस्लिम समूहबाट काे काे निर्वाचित भए ?
शुक्रबार, १२ असार २०८३, ०८ : ३९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा थारु, मधेशी र मुस्लिम समूहबाट उम्मेदवारहरू निर्वाचित भएका छन्।
- थारु समूहबाट करिष्मा कठरिया र अशोक कुमार चौधरी निर्वाचित भएका छन्।
- मुस्लिम समूहबाट समिना मिया र रहबर अन्सारी निर्वाचित भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा थारु, मधेशी र मुस्लिम समूहबाट उम्मेदवारहरू निर्वाचित भएका छन्।
रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार थारु समूहबाट करिष्मा कठरिया १ हजार ३७३ र अशोक कुमार चौधरी १ हजार ३१४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
मधेशी समूहबाट बब्लु गुप्ताले सर्वाधिक १ हजार ४४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। त्यसपछि जुली यादवले १ हजार १९५, कामिनी कुमारी चौधरीले १ हजार ११४, अरविन्द साहले ९७० र दिपक कुमार साहले ८९३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
यस्तै मुस्लिम समूहबाट समिना मियाले १ हजार ६५ र रहबर अन्सारीले १ हजार ४७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण