रास्वपा केन्द्रीय समिति निर्वाचन: १९ जनाले कटाए २ हजार मत (सूचीसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समिति सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
इलेक्ट्रोनिक र प्रवासबाट भएको मतदानमा रास्वपाका डा. स्वर्णिम वाग्ले सर्वाधिक मतका साथ विजयी भएका छन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कूल १९ जना उम्मेदवारले २ हजारभन्दा बढी मत प्राप्त गर्न सफल भएका छन् । जसमा 'राष्ट्रिय खुला' समूहबाट १८ जना र 'प्रादेशिक - सुदूरपश्चिम' समूहबाट १ जना रहेका छन् ।
निर्वाचन परिणाम अनुसार डा. स्वर्णिम वाग्ले २ हजार ६ सय ५६ मतका साथ पहिलो स्थानमा रहेका छन् । उनी पछि सोबिता गौतमले २ हजार ६ सय ४१ मत प्राप्त गरेकी छिन् ।
पार्टीले खुला तर्फका साथै मधेशी, दलित, थारु, मुस्लिम, खस-आर्य र आदिवासी जनजाति समूहबाट पनि समावेशी तवरले केन्द्रीय सदस्यहरू निर्वाचित गरेको छ । साथै, सातै प्रदेशबाट प्रादेशिक प्रतिनिधित्व सुनिश्चित गर्दै सदस्यहरू चयन गरिएको आयोगले जनाएको छ । रास्वपाको निर्वाचनबाट कुल ९९ जना निर्वाचित भएका छन् ।
२ हजार मत कटाउनेको सूची
१. डा. स्वर्णिम वाग्ले: २,६५६ मत
२. सोबिता गौतम: २,६४१ मत
३. शिशिर खनाल: २,५३८ मत
४. सागर ढकाल: २,३७६ मत
५. डा. तोसिमा कार्की: २,३०२ मत
६. रञ्जु दर्शना: २,२९३ मत
७. मनिष झा: २,२८१ मत
८. हरि ढकाल: २,२६२ मत
९. कविन्द्र बुर्लाकोटी: २,२२७ मत
१०. विपिन कुमार आचार्य: २,१६९ मत
११. रमेश प्रसाईं: २,१६६ मत
१२. निशा डाँगी: २,१३२ मत
१३. विराज भक्त श्रेष्ठ: २,१२३ मत
१४. इन्दिरा राना मगर: २,०९० मत
१५. गणेश पराजुली: २,०८७ मत
१६. हेमराज थापा (सुदूरपश्चिम): २,०७३ मत
१७. पुकार बम: २,०७० मत
१८. जगदीश खरेल (ललितपुर): २,०६५ मत
१९. सुलभ खरेल: २,०४३ मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण