फ्लोरिकल्चर एसोसिएसनको अध्यक्षमा राजेशभक्त निर्वाचित
काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अध्यक्षतामा राजेशभक्त श्रेष्ठ चयन भएका छन् । फ्यानको साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यसअघि भएको निर्वाचनमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले पुनःनिर्वाचन गर्न दिएको समयमै शुक्रबार तदर्थ समितिले निर्वाचन गराएको हो ।
यसअघि अध्यक्षमा निर्वाचित भएका दिलीप बादेलाइ ३ मतले पराजित गर्दै राजेशभक्त श्रेष्ठ अध्यक्ष बनेका हुन् । वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा सुमन महर्जन, महासचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा राजकृष्ण बजगाईँ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, मन्दिर श्रेष्ठ र इन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । फ्यानको नवनिर्वाचित कार्यसमितिको कार्यकाल तिन वर्षको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण