नेपालमा पहिलोपटक क्वानकिडोको अन्तर्राष्ट्रिय सेमिनार
काठमाडौँ । नेपाल क्वानकिडो सङ्घको आयोजनामा ‘प्रथम अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनार’ सञ्चालन हुने भएको छ । सङ्घको अनुसार, सेमिनार माघ १ देखि ३ गतेसम्म ललितपुरको सातदोबाटोमा सञ्चालन हुने सङ्घका अध्यक्ष सुवर्ण बीसीले जानकारी दिए ।
सेमिनारका क्रममा नानचाकु, लाठी, सेल्फ डिफेन्स, मुमेन्ट, रेफ्री गरी विभिन्न विधामा प्रशिक्षण सञ्चालन गरिने छ । सेमिनारमा नेपालसहित विभिन्न राष्ट्रका डुई सय जना सिनियर प्रशिक्षार्थी सहभागी हुने जानकारी सङ्घका महासचिव टेकराज केसीले दिए ।
सेमिनारमा सहभागी सिनियर प्रशिक्षाथीहरुलाई वर्ल्ड क्वानकिडो एसोसिएसनका अध्यक्ष मास्टर रोबर्टो विस्मारा, उपाध्यक्ष डा.लुइगी सान्तापागा, विज्ञ लुका डे टोफोल, चिल्ड्रेन हेड एन्जिलो टोरमिना, हेड अफ द पर्सनल डिफेन्स ईन इटालीका डेनियल सियाफ्रो, हेड अफ दी ताम ड जिम्नास्टिक्स इन इटालीका बारबारा रिभा, सबरीना क्यालभालतीसँगै सङ्घका टेक्निकल डाइरेक्टर भुवन बुढा मगरले प्रशिक्षण दिनेछन् ।
पछिल्लो समय क्वानकिडो राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बन्दै गएको धारणा सङ्घका अध्यक्ष बिसीले व्यक्त गरे । उनले भने, ‘यो सेमिनारबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि थप स्थापित हुने विश्वास छ । क्यानकिडोको वर्ल्ड प्रेसिडेन्ट नै नेपालमा आउने कुरा हाम्रो लागि गौरवको विषय हो । यसले नेपालको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण