स्टार्टअप अवार्ड ४.० सम्पन्न
काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरले आयोजना गरेको तथा ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० भव्य रूपमा सम्पन्न भएको छ ।
नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सव स्वरूप आयोजित यस कार्यक्रमलाई काठमाडौँको प्रतिष्ठित ह्यात रेजेन्सी होटल, चाबहिलमा आयोजना गरिएको थियो ।
यस वर्षको विजेता डीएल अपलोडलाई रु. ४,००,००० नगद पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरियो । उपविजेताको रूपमा मेल्ट डाउनलाई रु. २,००,००० नगद पुरस्कार प्रदान गरियो भने खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै रु. १,००,००० प्राप्त गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले स्टार्टअपहरूलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता रहेको पनि औँल्याए । त्यस्तै विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपहरूलाई आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण