त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती
बिहीबार, ०३ माघ २०८१, ०७ : २२
काठमाडौँ । राप्रपा सहकोषाध्यक्ष शोभित उप्रेतीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथिको आक्रमणले लोकतन्त्रको उपहास र कानुनी राज्यको धज्जी उडाएको भन्दै आक्रमणको निन्दा गरेका छन् ।
काठमाडौँ जिल्ला अदालतमा बहस सकेर फर्किनेबेला एक समूहले त्रिपाठीमाथि आक्रमण गरेको थियो। उप्रेतीले घटनामा संग्लग्नलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
उप्रेती भन्छन्–'आफ्नो कानुन व्यवसायको सन्दर्भमा अदालतमा बहस गरेकै कारण कानुन व्यवसायीमाथि भएको हातपात निन्दनीय छ । यसले कानुनी राज्यको धज्जी उडाएको छ । कुनै पनि प्रकारका अराजकता, गुन्डागर्दी नेपाली समाजमा स्वीकार्य हुन सक्दैन । अपराधीलाई तत्काल गिरफ्तार गरी कानुनी कार्यवाहीको लागि सरकारसँग हार्दिक अपिल गर्दै अपराधका विरुद्ध एक हुन काठमाडौँवासी प्रति हार्दिक अपिल गर्दछु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण