विशाल बजार व्यापार संघको अध्यक्षमा शर्मा

काठमाडौँ । विशाल बजार व्यापार संघको अध्यक्षमा भीम प्रसाद शर्मा अध्यक्ष चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा लिला राज त्रिपाठी, महासचिवमा राजु मानन्धर, कोषाध्यक्षमा निरेण शाही, सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।
यसैगरी प्रमुख बजार व्यवस्थामा ध्रुवकुमार श्रेष्ठ चयन हुँदा जनसम्पर्कमा सुरज श्रेष्ठ र कार्यसमिति सदस्यमा सचिन उपाध्याय चयन भएका छन् ।
संघको ४० औँ वार्षिक साधारणसभाबाट पुस २७ गते ११ जना रिक्त कार्यसमिति निर्वाचित गरिएको थियो । यस्तै बुधबार बसेको कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णयअनुसार पदभार ग्रहण भएको संघले जनाएको छ ।
सम्पूर्ण निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई संघका पूर्व सचिव तथा वरिष्ठ सल्लाहकार सुभाष प्रसाद पाण्डेले शपथ ग्रहण गराएको संघले जानकारी गराएको छ । संघको निवर्तमान अध्यक्षमा नरेन्द्र कुमार गुप्ता रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालको सहभागिता रहेको थियो । सो अवसरमा आर्थिक क्षेत्रका समस्या र त्यसको समाधानका विषयमा आफ्नो विचार व्यक्त गरेको निवर्तमान अध्यक्ष गुप्ताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वन्द्वग्रस्त देशबाट नेपालीको उद्धार गर्न सरकार तयारी अवस्थामा छ : श्रममन्त्री भण्डारी
-
राष्ट्रिय महिला फुटबल टोलीको घोषणा, प्रतिक्षा पहिलो पटक टिममा
-
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा हुने
-
युट्युबमा रेखाले सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु
-
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने