विशाल बजार व्यापार संघको अध्यक्षमा शर्मा
काठमाडौँ । विशाल बजार व्यापार संघको अध्यक्षमा भीम प्रसाद शर्मा अध्यक्ष चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा लिला राज त्रिपाठी, महासचिवमा राजु मानन्धर, कोषाध्यक्षमा निरेण शाही, सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।
यसैगरी प्रमुख बजार व्यवस्थामा ध्रुवकुमार श्रेष्ठ चयन हुँदा जनसम्पर्कमा सुरज श्रेष्ठ र कार्यसमिति सदस्यमा सचिन उपाध्याय चयन भएका छन् ।
संघको ४० औँ वार्षिक साधारणसभाबाट पुस २७ गते ११ जना रिक्त कार्यसमिति निर्वाचित गरिएको थियो । यस्तै बुधबार बसेको कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णयअनुसार पदभार ग्रहण भएको संघले जनाएको छ ।
सम्पूर्ण निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई संघका पूर्व सचिव तथा वरिष्ठ सल्लाहकार सुभाष प्रसाद पाण्डेले शपथ ग्रहण गराएको संघले जानकारी गराएको छ । संघको निवर्तमान अध्यक्षमा नरेन्द्र कुमार गुप्ता रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालको सहभागिता रहेको थियो । सो अवसरमा आर्थिक क्षेत्रका समस्या र त्यसको समाधानका विषयमा आफ्नो विचार व्यक्त गरेको निवर्तमान अध्यक्ष गुप्ताले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण