अपाङ्ग संघले मनायो स्थापना दिवस

काठमाडौं । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको ९७औं जन्म जयन्ती तथा ५५औं स्थापना दिवसको उपलक्षमा शनिबार विभिन्न कार्यक्रम गरियो । संघको कार्यालय परिसर जोरपाटीमा रहेको दिवंगत बस्नेतको शालिकमा शनिबार माल्यार्पण गरिएको थियो ।
यस्तै, अपाङ्ग संघ खगेन्द्र नवजीवन गृहमा रहेका अशक्त अपाङ्गता भएका व्यक्तिलाई लायन्स क्लब अफ काठमाडौं स्प्रीटियुलद्वारा निःशुल्क शिविर सञ्चालन गरेर चेकअप गरिएको बताइएको छ ।
दिवसका अवसरमा संघका प्रथम कार्यालय सचिव मधुकर श्रेष्ठ, संघका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतका भतिजा डा. राजतिलक बस्नेत, संस्थापक महासचिव अरबिन्द रिमाल र संघका आजीवन सदस्य तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित महासचिव रामप्रसाद दाहाल सम्मानित भए ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल र ६ नम्बर वडाका वडाअध्यक्ष नवराज लामाले उनीहरूलाई दोसल्ला ओढाई सम्मान-पत्र प्रदान गरेका थिए । लायन्स क्लव अफ काठमाडौं स्प्रीटूयलका प्रेसिडेन्ट अर्जुन राखाल मगरले संस्थाका अध्यक्ष साम्देन लामालाई १० थान (व्हीलचियर)सहित सहयोग सामाग्री हस्तान्तरण गरे ।
यस्तै, खेलकुद प्रतियोगिता अन्तर्गत हाडी फुटाउने, २०० मिटर व्हीलचियर दौड, स्टिकर पेपेर र म्युजिकल चियरमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर घरजग्गा कारोबार : माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन
-
सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन