अपाङ्ग संघले मनायो स्थापना दिवस
काठमाडौं । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको ९७औं जन्म जयन्ती तथा ५५औं स्थापना दिवसको उपलक्षमा शनिबार विभिन्न कार्यक्रम गरियो । संघको कार्यालय परिसर जोरपाटीमा रहेको दिवंगत बस्नेतको शालिकमा शनिबार माल्यार्पण गरिएको थियो ।
यस्तै, अपाङ्ग संघ खगेन्द्र नवजीवन गृहमा रहेका अशक्त अपाङ्गता भएका व्यक्तिलाई लायन्स क्लब अफ काठमाडौं स्प्रीटियुलद्वारा निःशुल्क शिविर सञ्चालन गरेर चेकअप गरिएको बताइएको छ ।
दिवसका अवसरमा संघका प्रथम कार्यालय सचिव मधुकर श्रेष्ठ, संघका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतका भतिजा डा. राजतिलक बस्नेत, संस्थापक महासचिव अरबिन्द रिमाल र संघका आजीवन सदस्य तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित महासचिव रामप्रसाद दाहाल सम्मानित भए ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल र ६ नम्बर वडाका वडाअध्यक्ष नवराज लामाले उनीहरूलाई दोसल्ला ओढाई सम्मान-पत्र प्रदान गरेका थिए । लायन्स क्लव अफ काठमाडौं स्प्रीटूयलका प्रेसिडेन्ट अर्जुन राखाल मगरले संस्थाका अध्यक्ष साम्देन लामालाई १० थान (व्हीलचियर)सहित सहयोग सामाग्री हस्तान्तरण गरे ।
यस्तै, खेलकुद प्रतियोगिता अन्तर्गत हाडी फुटाउने, २०० मिटर व्हीलचियर दौड, स्टिकर पेपेर र म्युजिकल चियरमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण