‘मंगलम २’ बनाउँदै छवि
आइतबार, ०६ माघ २०८१, १६ : २५
काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा बाघ निर्माताको छवि बनाएका छबिराज ओझा नयाँ फिल्म निर्माणमा जुटेका छन् । उनी २०७४ सालमा निर्माण भएको हिट फिल्म ‘मंगलम्’ को दोस्रो भाग ‘मंगलम २’ निर्माणमा जुटेका हुन् ।
छविराज ओझा र दिजेन्द्र शाक्यको निर्माण रहने फिल्म ‘मंगलम २’ नवल नेपालले निर्देशन गर्नेछन् । यसअघिको ‘मंगलम’ पनि नेपालले निर्देशन गरेका थिए । फिल्मको ‘पर्ख पर्ख मायालु’ गीत हिट भएको थियो ।
छविराज प्रोडक्सन र गूण सिनेमा प्रालिको ब्यानरमा ‘मंगलम २’ निर्माण हुनेछ । ‘मंगलम २’ का लागि निर्माता ओझाले निर्देशक नेपाललाई आइतबार अनुबन्ध गरेका छन् । निर्माता ओझाका अनुसार फिल्मका कलाकार तथा प्राविधिक केही समयपछि सार्वजनिक गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
अस्ट्रेलियाली युरेनियममा भारतको चासो
-
चार विधेयकमाथि राष्ट्रियसभा समितिमा दफाबार छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण