बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘लोकदोहोरी स्टार’ को देशव्यापी अडिसन हुँदै

बिहीबार, २५ असार २०८३, ११ : ०३
बिहीबार, २५ असार २०८३

सारांश

  • लोक दोहोरी स्टार सिजन-२ को देशव्यापी अडिसन सुरु हुने भएको छ ।
  • यो रियालिटी शोले नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ ।
  • अडिसन असार २७ गते इटहरीबाट सुरु भई विभिन्न शहर हुँदै श्रावण ८ र ९ गते काठमाडौँमा सम्पन्न हुनेछ ।

काठमाडौँ । नेपाली लोक सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका प्रतिभावान गायक–गायिकालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्य बोकेको रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन सुरु हुने भएको छ । एभेन्टोज स्टुडियोको आयोजना रहेको शो को सातै प्रदेशलाई समेट्ने गरी अडिसन सुरु हुन लागेको हो ।

आयोजकका अनुसार अडिसन असार २७ गते इटहरी, २९ गते चितवन, ३१ गते बुटवल, श्रावण १ गते नेपालगन्ज, श्रावण ४ गते पोखरा तथा श्रावण ८ र ९ गते काठमाडौँमा हुनेछ ।

शोका निर्णायकमा गायिका कोमल वली र गायकद्धवय राजु परियार  र चन्द्र शर्मा रहेका छन् । शो को दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउन कुनै कसुर बाँकी नछोड्ने आयोजक एभेन्टोज स्टुडियोले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । महिला तथा पुरुष दुवैका लागि प्रतियोगिता खुला रहनेछ । आयोजकले नेपाली लोक सङ्गीतप्रति रुचि र समर्पण भएका, परम्परागत लोकभाका तथा शैलीको राम्रो ज्ञान भएका, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिन सक्ने तथा प्रश्न–उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने प्रतिभालाई प्राथमिकता दिइने जनाएको छ । शो एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप