बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?

बिहीबार, २५ असार २०८३, ११ : ३८
बिहीबार, २५ असार २०८३

सारांश

  • नेकपा एमालेकी सांसद यसुदाकुमारी बरालले संसदमार्फत सरकारलाई सुकुमबासी जनता हुन् कि होइनन् भनी प्रश्न गरेकी छन् ।
  • सांसद बरालले सुकुमबासीलाई २५ हजार रकम दिएर सडकमा धकेल्दा मानवअधिकार हनन् हुन्छ कि हुँदैन भनी प्रश्न गरेकी छन् ।
  • उनले साझा यातायातको रङ फेरेर देशभर चलाउने हो कि फेसबुकका भित्ता रंग्याउनमात्र प्रचार गरिएको हो भनी प्रश्न गरिन् ।

काठमाडौँ । नेकपा एमालेकी सांसद यसुदाकुमारी बरालले सुकुमबासी जनता हुन् कि होइनन् भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले सरकारले सुकुमबासीलाई गरेको व्यवहारप्रति कटाक्ष गर्दै यस्तो प्रश्न गरेकी हुन् । 

‘सुकुमबासी जनता हुन् कि होइनन् ? उहाँहरूले बाच्न पाउने कि नपाउने ? र उहाँहरूलाई २५ हजार रकम हातमा थमाएर सडकमा धकेल्दा मानवअधिकार हनन् हुन्छ कि हुँदैन ?’, बरालको प्रश्न छ । 

उनले गरिबका आँसु महँगो हुने भन्दै उनले साझा यातायातको रङ फेरेर देशभर चलाउने हो कि फेसबुकका भित्ता रंग्याउनमात्र प्रचार गरिएको हो भन्दै प्रश्न गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप