पुस मसान्तसम्ममा ८ खर्बको आयात हुँदा ७४ अर्बको निर्यात
आइतबार, ०६ माघ २०८१, १६ : ५६
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात निर्यात दुवैमा सुधार आएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म (६ महिना) मा आयात ७.१ प्रतिशतले वृद्धि भएको छ भने निर्यात ३१.८ प्रतिशतले भएको अर्थ मन्त्रालयले जनाएको छ ।
गत वर्षको यसै अवधिमा ३.१ प्रतिशले आयातमा गिरावट आएको थियो भने निर्यातमा ७.२ प्रतिशतले गिरावट आएको थियो । चालु वर्षको पहिलो ६ महिनाको अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा ९८ अर्ब ७९ करोड रुपैयाँको निर्यात भएको छ ।
गतवर्ष यसै अवधिमा ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँको आयात हुँदा ७४ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण