ईप्रका रामपुरका इन्स्पेक्टर ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
काठमाडौँ । पाल्पास्थित इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर रामबहादुर नेपाली सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले उनलाई पुस महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो ।
आइतबार तानसेनस्थित जिल्ला प्रहरी कार्यालयमा एसपी नरेन्द्र चन्दले इन्स्पेक्टर नेपालीलाई सर्वोत्कृष्ट घोषणा गर्दै सम्मान पत्र प्रदान गरे ।
रम्भा गाउँपालिकामा कानुन हातमा लिन खोज्नेहरूलाई इन्स्पेक्टर नेपालीले पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए । जुवातास र गाँजा तस्करी नियन्त्रणमा उनले सक्रियतापूर्वक काम गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
‘यस कार्यालयको वडा एरियामा गुण्डागर्दी, चोरी नियन्त्रण गरी शान्ति सुरक्षा कायम तथा फरार प्रतिवादी पक्राउ गरी उत्कृष्ट कार्य गरेको हुँदा निज प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल पुस ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ प्रदान गरिएको छ’ जिल्ला प्रहरी कार्यालय पाल्पाले उनलाई दिएको सम्मान पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण