आईईई र एआईईएको रिपोर्ट नहेरी काम गर्ने प्रवृत्ति रहेको छ : मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विकास निर्माणका आयोजनाहरूको आईईई र एआईईएको रिपोर्ट नहेरी काम गर्ने प्रवृत्ति रहेको बताएका छन् । उनले आईईई र एआईईएको प्रभावकारी मुल्यांकन नहुँदा विपद् जोखिम बढाइरहेको बताए ।
सोसाइटी अफ कन्सल्टिङ अर्किटेक्चरल एण्ड इन्जिनियरीङ फम (स्केफ नेपाल)को आयोजनामा हेटौंडामा भएको मोटरेवल ब्रिज डिजाइन सम्बन्धी ७ दिने तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले आयोजना निर्माणको चरणमा फर्जी डीपीआरको समावेश गर्दा समस्या भएको बताए । आयोजना निर्माणको चरणमा कागज मिलाएर डिपिआर हुने गरेको उनको भनाइ छ ।
मुख्यमन्त्री लामाले विकास निर्माणको कामलाई गुणस्तर कायम गर्न जरुरी रहको बताए । इन्जिनियरिङ संवेदनशील विषय रहेको र गणितीय विषयलाई स्पष्ट रूपमा नतिजामुखी बनाउने काम इन्जिनियरले गर्ने उनको भनाई छ ।
‘विगतमा पूर्वाधार निर्माणको पूर्वानुमान, प्रविधिका हस्तान्तरण हुन नसक्दा समस्या भइरहेको छ,’ उनले भने, ‘विगतमा डिजाइन एण्ड बिल्ड मोडलमा योजना कार्यान्वयन गर्दा धेरै पुलहरू निर्माण भएको छ । आवश्यकता अनुपातमा काम गर्न नसक्दा डिजाइन एण्ड बिल्डमा काम गर्दा अहिले समस्या भएको छ । सडक पूर्वाधार निर्माणको काम पनि डिजाइन एण्ड बिल्डमा जानुपर्छ ।’
विकास निर्माणको काममा निजी क्षेत्रसँगको साझेदारीमा अघि बढ्नु पर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण