कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
सुर्खेत । कर्णालीमा पहिलो पटक युवा महोत्सव (यूथ फेस्टिभल) गरिने भएको छ। यही माघ ११ र १२ गते प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा उक्त महोत्सवको आयोजना गरिएको हो ।
परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको हो । दुई दिनसम्म चल्ने महोत्सवको उद्देश्य युवाहरूमा आशा जार्गित गर्नु रहेको कार्यक्रममा संयोजक हिमाल विष्टले बताए ।
कार्यक्रमका प्रमुख सल्लाहकार भुपेन्द्रजंग शाहीले फेस्टिभलले कर्णालीका युवा सशक्तीकरणमा टेवा पुर्याउने बताए । कार्यक्रममा स्थानीय, कला, संस्कृतिको संरक्षण, सामाजिक, आर्थिक विकास, उद्यमशीलता, युवा नवप्रवतन र कला सीप, युवाका सम्भावना, युवा प्रतिभा प्रस्तुति लगायतका विभिन्न कुरामा केन्द्रित रहने छ।
युवाका विचार, सम्भावना र युवालाई सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम गर्न लागिएको सल्लाहकार शाहीले बताए । कार्यक्रममा तीनदेखि ५ हजार युवा आउने बताइएको छ। कार्यक्रममा कर्णाली प्रदेशदेखि देशलाई विशिष्ट योगदान गरेका युवा व्यक्तित्व, सामाजिक व्यक्तित्व लगायत स्थानीय कर्णालीका प्रतिभाशाली युवाहरूको उपस्थिति रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
-
भव्य देखियो नयाँ संसद् भवन, सम्पन्न मिति अझै अनिश्चित (तस्बिरहरु)
-
हप्ताको दुई दिन बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान
-
बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण