कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने

सुर्खेत । कर्णालीमा पहिलो पटक युवा महोत्सव (यूथ फेस्टिभल) गरिने भएको छ। यही माघ ११ र १२ गते प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा उक्त महोत्सवको आयोजना गरिएको हो ।
परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको हो । दुई दिनसम्म चल्ने महोत्सवको उद्देश्य युवाहरूमा आशा जार्गित गर्नु रहेको कार्यक्रममा संयोजक हिमाल विष्टले बताए ।
कार्यक्रमका प्रमुख सल्लाहकार भुपेन्द्रजंग शाहीले फेस्टिभलले कर्णालीका युवा सशक्तीकरणमा टेवा पुर्याउने बताए । कार्यक्रममा स्थानीय, कला, संस्कृतिको संरक्षण, सामाजिक, आर्थिक विकास, उद्यमशीलता, युवा नवप्रवतन र कला सीप, युवाका सम्भावना, युवा प्रतिभा प्रस्तुति लगायतका विभिन्न कुरामा केन्द्रित रहने छ।
युवाका विचार, सम्भावना र युवालाई सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम गर्न लागिएको सल्लाहकार शाहीले बताए । कार्यक्रममा तीनदेखि ५ हजार युवा आउने बताइएको छ। कार्यक्रममा कर्णाली प्रदेशदेखि देशलाई विशिष्ट योगदान गरेका युवा व्यक्तित्व, सामाजिक व्यक्तित्व लगायत स्थानीय कर्णालीका प्रतिभाशाली युवाहरूको उपस्थिति रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु