युक्रेनी सेनाका मुख्य मनोचिकित्सक पक्राउ
किभ । युक्रेनी सेनाका मुख्य मनोचिकित्सक पक्राउ परेका छन् । २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गरेयता अनुचित रूपमा १० लाख डलरभन्दा बढीको सम्पत्ति आर्जन गरेको भन्दै युक्रेन सरकारले उनलाई पक्राउ गरेको हो ।
आरोपी हाल कुनै पनि व्यक्ति सैन्य सेवाका लागि योग्य छन् कि छैनन् भनेर निर्धारण गर्ने जिम्मेवारीमा रहेको युक्रेनको सुरक्षा सेवा (एसबीयू)ले जनाएको छ ।
एसबीयूको विज्ञप्तिमा आरोपीको नाम भने उल्लेख गरिएको छैन । तर यस अघि ओलेह ड्रज नाम गरेका व्यक्तिलाई युक्रेनी सैन्य बलको प्रमुख मनोचिकित्सकका रूपमा पहिचान गरिएको थियो ।
आरोपीसँग किभमा वा नजिक अनि ओडेसामा गरेर तीन अपार्टमेन्ट थिए । यसबाहेक दुई ओटा जग्गा र बीएमडब्ल्यू लगायत कयौँ लक्जरी कार समेत पाइएको छ ।
घरमा छापा मार्ने क्रममा अनुसन्धानकर्ताहरूले आरोपीको घरमा १ लाख ५० हजार डलर र ३४ हजार डलर यूरो नगद भेटेका थिए । ती सम्पत्ति आरोपीको श्रीमती छोरी, छोराहरू र तेस्रो पक्षको नाममा रहेको र यसबारे उसले जानकारी नदिएको भनिएको छ ।
अभियोग पुष्टि भएमा आरोपीले १० वर्षको जेल सजाय भोग्नु पर्नेछ । सेनामा सेवामा छूट दिएबापत युक्रेनी सेनाका कयौँ अधिकारीहरूले सर्वसाधारणसँग पैसा लिइरहेको खुलासा भएपछि गएको वर्ष युक्रेनको संसदले सैन्य सेवामा जानु अघि मेडिकल जाँच हेर्ने आयोग नै खारेज गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण