रोमाञ्चक खेलमा आर्मीले सुदूरपश्चिमलाई हरायो
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोर चरणको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १४ रनले पराजित गरेको छ । १११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९६ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि ओपनर पूजा बोहराले ३७ बलमा सर्वाधिक १८ रन बनाइन् । उनले १ चौका प्रहार गरिन् । त्यस्तै, अर्की ओपनर कविता कुँवरले १६ बलको सामना गर्दै ३ चौका हिर्काएर १६ रन बनाइन् । कप्तान विन्दु रावल ११ रन बनाउँदै पभेलियन फर्किइन् । अन्य ब्याटरले ठुलो योगदान दिन सकेनन् ।
आर्मीका लागि सुस्मिता भुसालले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै, सीता शाही र लक्ष्मी साउदले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११० रन बनाएको थियो । टोलीका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ७५ रनको योगदान दिइन् । उनले ५७ बलको सामना गर्दै ८ चौका हिर्काइन् ।
अन्य ब्याटरले भने दोहोरो अङ्क समेत छुन सकेनन् । निग्मा तामाङ र कप्तान लक्ष्मी साउदले ८–८ रन बनाए । सुदूरपश्चिमका लागि जानकी थापाले ३ ओभर बलिङ गर्दै २१ रन खर्चेर २ विकेट लिइन् । आशिका महरा र रेवती धामीले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा लग्जरी कर उपयुक्त छैन : गगन थापा
-
ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
-
विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
-
यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
-
उजुरीकै भरमा हतकडी लगाएर हिरासतमा राख्नु कति जायज हो ?
-
बागमती प्रदेशसभा : पुरातात्त्विक सामग्रीको खोजी गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण