क्रिप्टोकरेन्सीको भविष्यबारे ट्रम्पले जारी गरे यस्तो कार्यकारी आदेश
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुवातमा एकपछि अर्को गर्दै निर्णयहरू लिइरहेका छन् । एआई–सम्बन्धित मेगा भेञ्चर स्टारगेटमा ५०० अर्ब डलर खर्च गरिने फैसलापछि ट्रम्पले अब अमेरिकामा क्रिप्टोकरेन्सीको भविष्यबारे ठुलो आदेश दिएका छन् ।
ट्रम्पले बिटक्वाइन र क्रिप्टोकरेन्सीसँग सम्बन्धित डिजिटल वित्तीय प्रविधिमा अमेरिकी नेतृत्वलाई बलियो बनाउने शीर्षकको कार्यकारी आदेश (ईओ)मा हस्ताक्षर गरेका छन् ।
ट्रम्पको यो कार्यकारी आदेशले अमेरिकामा केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी)को निर्माण र जारी गर्न आधिकारिक रूपमा प्रतिबन्ध लगाएको छ । कार्यकारी आदेशले सीबीडीसीलाई डिजिटल धन वा मौद्रिक मूल्यको एक यस्तो रूप बताएको छ जुन केन्द्रीय बैंकका लागि प्रत्यक्ष रूपमा दायित्व भनेको छ ।
आदेशअनुसार ‘कानुनले अपेक्षित सीमाबाहेक एजेन्सीहरूलाई चाहे अमेरिकामा होस् वा विदेशमा आफ्नो क्षेत्राधिकारमा सीबीडीसीको स्थापना गर्न, जारी गर्न वा प्रवर्द्धन गर्नका लागि कुनै पनि कारबाही गर्न निषेध गरिएको छ ।’
आदेशमा भनिएको छ कि अमेरिकी क्षेत्राधिकार भित्र सीबीडीसीको निर्माण सम्बन्धित कुनै पनि एजेन्सीको चलिरहेको योजना वा पहल तुरुन्तै समाप्त गरिनेछ । यस्ता योजना वा पहलहरू विकास वा कार्यान्वयन गर्नेबारे अगाडि केही काम नहुन भनेर पनि आदेशमा भनिएको छ ।
नयाँ ईओ डिजिटल सम्पत्तिहरू (स्टेबलकोइनहरू सहित)लाई नियन्त्रण गर्ने सङ्घीय नियामक ढाँचा सिर्जना गर्न एउटा कार्य समूह पनि स्थापना गर्नेछ । यो समूहले रणनीतिक राष्ट्रिय डिजिटल सम्पत्ति भन्डार निर्माणको मूल्याङ्कन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुलिँदै छ अर्जेन्टिनी गुरुहरूको गरिमा
-
चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण