परशुराम नगरपालिकास्तरीय भलिबल र क्रिकेट प्रतियोगिता हुँदै
शुक्रबार, ११ माघ २०८१, १६ : १२
डडेल्धुरा । परशुराम नगरपालिकाले ‘पाँचौ मेयर, उपमेयर नगर नगरस्तरीय खुला भलिबल र क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । स्थानीय प्रतिभालाई उजागर गर्दै खेलकुदलाई विकास र विस्तार गर्ने उद्देश्यका साथ माघ १८ गते खुला भलिबल र क्रिकेट प्रतियोगिता गर्न लागिएको नगर प्रमुख भरत बडायर जोशीले जानकारी दिए ।
उनका अनुसार माघ ८ देखि नै टिम दर्ता सुरु भइसकेको छ भने यो क्रम माघ १६ गतेसम्म चल्नेछ । टिम दर्ता गर्नका लागि महिला र पुरुष दुबैतर्फ २ हजार रुपैयाँ शुल्क तोकिएको छ भने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ ।
यस्तै द्वितीय हुनेले ५ हजार र तृतीय हुनेले २५ हजार मेडल र ट्रफी पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण