परशुराम नगरपालिकास्तरीय भलिबल र क्रिकेट प्रतियोगिता हुँदै
शुक्रबार, ११ माघ २०८१, १६ : १२

डडेल्धुरा । परशुराम नगरपालिकाले ‘पाँचौ मेयर, उपमेयर नगर नगरस्तरीय खुला भलिबल र क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । स्थानीय प्रतिभालाई उजागर गर्दै खेलकुदलाई विकास र विस्तार गर्ने उद्देश्यका साथ माघ १८ गते खुला भलिबल र क्रिकेट प्रतियोगिता गर्न लागिएको नगर प्रमुख भरत बडायर जोशीले जानकारी दिए ।
उनका अनुसार माघ ८ देखि नै टिम दर्ता सुरु भइसकेको छ भने यो क्रम माघ १६ गतेसम्म चल्नेछ । टिम दर्ता गर्नका लागि महिला र पुरुष दुबैतर्फ २ हजार रुपैयाँ शुल्क तोकिएको छ भने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ ।
यस्तै द्वितीय हुनेले ५ हजार र तृतीय हुनेले २५ हजार मेडल र ट्रफी पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय