स्पेनिस ला लिगा ओसासुना र लस पल्मसले अंक बाँडे
शनिबार, १२ माघ २०८१, ०४ : ४४

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा ओसासुना र लस पल्मसले बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार राती भएको खेलमा दुबैले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
५३ औं मिनेटमा ओसासुनाका आयमर ओरोजको गोलबाट अग्रता लिएको थियो । त्यसपछि आक्रामक भएको लस पल्मस १० जनामा सिमित भए पनि अतिरिक्त समयमा अदनान जनुजजले गोल गर्दै बरारबरी गरे ।
अतिरिक्त १२ मिनेटको समय थपिँदा पनि दुबै टोलीबाट थप हुन हुननसके पछि नतिजा बराबरी भएको हो । यो बराबरीले ओसासुनालाई घाटा लागेको छ । जितेको भए अंक तालिकाको सातौं स्थानमा उक्लिने अवसर रहेकामा नवौं स्थानमा थन्किएको छ ।
लस पल्मस भने चौधौं स्थानमा छ । शीर्ष स्थानको रियाल मड्रिडको ४६ अंक छ भने दोस्रो स्थानको एटलेटिको मड्रिडको ४४ अंक छ । बार्सिलोना ३९ अंक सहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिको विषय संसद्मा प्रवेश
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !
-
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई पालिकाकाे सम्मान
-
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र