स्पेनिस ला लिगा ओसासुना र लस पल्मसले अंक बाँडे
शनिबार, १२ माघ २०८१, ०४ : ४४
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा ओसासुना र लस पल्मसले बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार राती भएको खेलमा दुबैले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
५३ औं मिनेटमा ओसासुनाका आयमर ओरोजको गोलबाट अग्रता लिएको थियो । त्यसपछि आक्रामक भएको लस पल्मस १० जनामा सिमित भए पनि अतिरिक्त समयमा अदनान जनुजजले गोल गर्दै बरारबरी गरे ।
अतिरिक्त १२ मिनेटको समय थपिँदा पनि दुबै टोलीबाट थप हुन हुननसके पछि नतिजा बराबरी भएको हो । यो बराबरीले ओसासुनालाई घाटा लागेको छ । जितेको भए अंक तालिकाको सातौं स्थानमा उक्लिने अवसर रहेकामा नवौं स्थानमा थन्किएको छ ।
लस पल्मस भने चौधौं स्थानमा छ । शीर्ष स्थानको रियाल मड्रिडको ४६ अंक छ भने दोस्रो स्थानको एटलेटिको मड्रिडको ४४ अंक छ । बार्सिलोना ३९ अंक सहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण