तेल प्रशोधन केन्द्र र मस्कोमा अहिलेसम्मकै ठुलो ड्रोन हमला
शनिबार, १२ माघ २०८१, ०८ : ३०
कीएभ । रुसको रियाजानमा रहेको तेल प्रशोधन केन्द्र र मस्कोमा कम्तीमा १२१ ड्रोनले निशाना बनाएको युक्रेनले दाबी गरेको छ । रुस र युक्रेनबिच चलिरहेको युद्धमा यो आफ्नो प्रकारको एक मात्र ठुलो अपरेसन भएको बताइएको छ ।
बीबीसीले प्रमाणित गरेको भिडियो फुटेजले मस्कोको दक्षिणपूर्वमा रहेको रियाजान क्षेत्रमा रिफाइनरी र पम्पिङ स्टेसनमा आगो लागिरहेको देखाउँछ। युक्रेनी अधिकारीहरूले यो रिफाइनरीलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन्।
रुसले १३ क्षेत्रमा १२१ युक्रेनी ड्रोन खसालेको बताएको छ । जसमा मस्को र रियाजान क्षेत्रहरू समावेश छन्। रुसले कुनै पनि प्रकारको क्षतिको बारेमा जानकारी भने दिएको छैन।
अर्कोतर्फ युक्रेनले कीएभको एक आवासीय भवनमा रुसले गरेको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण