तेल प्रशोधन केन्द्र र मस्कोमा अहिलेसम्मकै ठुलो ड्रोन हमला
शनिबार, १२ माघ २०८१, ०८ : ३०

कीएभ । रुसको रियाजानमा रहेको तेल प्रशोधन केन्द्र र मस्कोमा कम्तीमा १२१ ड्रोनले निशाना बनाएको युक्रेनले दाबी गरेको छ । रुस र युक्रेनबिच चलिरहेको युद्धमा यो आफ्नो प्रकारको एक मात्र ठुलो अपरेसन भएको बताइएको छ ।
बीबीसीले प्रमाणित गरेको भिडियो फुटेजले मस्कोको दक्षिणपूर्वमा रहेको रियाजान क्षेत्रमा रिफाइनरी र पम्पिङ स्टेसनमा आगो लागिरहेको देखाउँछ। युक्रेनी अधिकारीहरूले यो रिफाइनरीलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन्।
रुसले १३ क्षेत्रमा १२१ युक्रेनी ड्रोन खसालेको बताएको छ । जसमा मस्को र रियाजान क्षेत्रहरू समावेश छन्। रुसले कुनै पनि प्रकारको क्षतिको बारेमा जानकारी भने दिएको छैन।
अर्कोतर्फ युक्रेनले कीएभको एक आवासीय भवनमा रुसले गरेको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप : विजेतालाई ५० करोड र उपविजेतालाई ३० करोड नगद पुरस्कार
-
'सगरमाथा संवाद' उद्घाटन (लाइभ)
-
परापूर्वकालदेखि नै राज्य निर्माणमा मुस्लिम समुदायको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति
-
चेतना अभावले गम्भीर बन्दै ‘डोपिङ’ समस्या, न नीति छ, न पर्याप्त बजेट
-
नेपाली खेलकुदमा डोपिङसम्बन्धी चेतना अभाव छ
-
खेल हङ्कङ र बहराइनबिच, नतिजाको प्रतीक्षामा नेपाल