मतपत्रमा पानी खन्याएपछि मधेस प्रदेशको मतगणना स्थगित
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको मधेस प्रदेशमा जारी मतगणना विवादका कारण रोकिएको छ । एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि विवाद भएको एक विद्यार्थी नेताले जानकारी दिए ।
विवादकै क्रममा अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएपछि मतगणना स्थगित भएको ती नेताले जानकारी दिए । मधेस प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् । ती नेताका अनुसार एक मत बदर भएको छ ।
अहिले दुवै पक्षले पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन् । ‘मत गणना हुँदा चार मत कम देखियो । विवाद हुँदा महासचिवका उम्मेदवार सञ्जय महतोको समूहले पानी खनाएपछि मतगणना स्थगित भएको छ । निर्वाचन समितिले अहिले सिलबन्दी गरेर राखेको छ । दुवै पक्षले फेरी चुनाव हुनुपर्छ भनेका छन्’, रातोपाटीसँग ती नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण