सबै प्रहरी कार्यालयमा वैदेशिक रोजगार फोकल पर्सन तोक्न विभागको पत्राचार
_N9BXzstvfh.jpg)
काठमाडौँ । देशभरका सबै प्रहरी कार्यालयहरूमा वैदेशिक रोजगार फोकल पर्सन तोकिदिन वैदेशिक रोजगार विभागले पत्राचार गरेको छ । विभागले प्रहरीलाई पत्राचार गरेर वैदेशिक रोजगार सम्बन्धी आउने सम्पूर्ण समस्यामा सहजीकरण गर्नका लागि फोकल पर्सन तोकिदिन अनुरोध गरेको हो ।
विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले सबै प्रहरी कार्यालयहरूमा वैदेशिक रोजगार हेर्ने गरी फोकल पर्सन तोकिदिन अनुरोध गरिएको बताए ।
सुशासन प्राप्त गर्नका लागि श्रमाधान हेलो सरकार, सम्पत्ति शुद्धीकरण, साइबर ब्युरो लगायतका निकायमा वैदेशिक रोजगार हेर्ने फोकल पर्सन तोकिएको उनको भनाइ छ ।
प्रहरीका ७७ वटै जिल्लाका कार्यालयमा समेत फोकल पर्सन तोकिदिन अनुरोध गरिएको बताए ।
व्यक्तिगत ठगी लगायतका घटनामा पीडितलाई चाँडो न्याय प्रदान गर्नका लागि प्रत्येक जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिने व्यवस्था गर्न लागिएको समेत बताए । त्यसका लागि केही नेपाल ऐन संशोधनको लागि पेस गरिएको उनको भनाइ छ ।
त्यस्तै जिल्ला अदालतमा अभियोजन गर्ने व्यवस्था मिलाउनका लागि समेत विभागले केही नेपाल ऐन संशोधनका लागि पेस गरिएको बताए ।
हाल वैदेशिक रोजगार सम्बन्धीका उजुरीहरू वैदेशिक रोजगार विभागमा पेस गर्नुपर्ने प्रावधान छ । केही उजुरी प्रहरीमा र केही उजुरी प्रमुख जिल्ला अधिकारी समक्ष समेत पेस गर्ने व्यवस्था गरिएको छ । तर, मुद्दाको हकमा वैदेशिक रोजगार न्यायाधिकरणले हेर्ने व्यवस्था छ । त्यसका लागि जिल्ला अदालतमा समेत अभियोजना गर्न पाउने व्यवस्था मिलाउन लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला गोल्डकप : बारा र संकटा भिड्ने
-
प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् सधैँ सजग र चनाखो छ : सभामुख
-
लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
-
गर्मीमा पुदिना खानुका फाइदा
-
अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
-
अपाङ्गता अधिकारसम्बन्धी ऐनको पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ – पदमबहादुर परियार