इजरायललाई २ हजार पाउन्डको बम पठाउन बाटो खुल्यो

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई २००० पाउन्ड वजन बराबरको बम पठाउने मन्जुरी दिएका छन् । यसअघि, जो बाइडेनको पूर्व सरकारले यसमाथि प्रतिबन्ध लगाएको थियो ।
गाजामा नागरिकहरूलाई हानी हुन नदिन बाइडेन प्रशासनले इजरायलमा शक्तिशाली बम पठाउन बन्देज गरेको थियो । गाजामा यतिबेला युद्धविराम छ । ‘इजरायलले अर्डर गरेका धेरै वस्तुहरू, जसलाई बाइडेनले पठाएका थिएनन्, अब बाटोमा छन् र जान तयार छन्,’ ट्रम्पले सामाजिक सञ्जालमा एउटा पोस्टमा भनेका छन् ।
ट्रम्पले भारी बमहरूको बारेमा कुरा गरिरहेको भनेर ट्रम्प प्रशासनका एक अधिकारीले पुष्टि गरेका छन् । बाइडेनले गत वर्ष मे महिनामा दक्षिणी गाजा शहर रफाहमा व्यापक आक्रमण गर्नबाट रोक्न इजरायललाई ठुला बमहरूको आपूर्ति रोकेका थिए ।
यसले ठुलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्थ्यो भन्ने उनको भनाइ थियो । अमेरिकाले भारी बम पठाउन अस्वीकार गरे पनि इजरायलले एक महिना पछि रफाह कब्जा गर्यो । हमास र इजरायलबीच युद्धविराम चलिरहेको बेला इजरायलमा शक्तिशाली बम पठाउन ट्रम्पले स्वीकृति दिएका हुन् ।
युद्धविराम अन्तर्गत, हमासले इजरायली बन्धकहरूलाई रिहा गरिरहेको छ र बदलामा इजरायलले आफ्नो जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई पनि रिहा गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जायन्ट्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो मुम्बई इन्डियन्स
-
राप्रपाले चाँडै कार्यसम्पादन समिति बैठक राख्नुपर्छ : डा लोहनी
-
समृद्धिको लागि एकताबद्ध हुन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
-
जङ्गली हात्तीको समूहले भत्काइदियो विपन्न परिवारको कच्ची घर
-
'फागुन–७' रैतीबाट जनताको दर्जामा पुर्याएको दिन : प्रधानमन्त्री
-
हुलाकी मार्ग केन्द्रित २० जिल्लामा माओवादीको अभियान, कहाँ–कहाँ हुँदैछ ?