कुम्भ मेलामा मारिनेको आश्रितलाई २५ लाख दिँदै भारत
बिहीबार, १७ माघ २०८१, ०८ : ०२
नयाँ दिल्ली । प्रयागराजमा कुम्भमेलामा भएको भागदौडमा मर्नेमाथि आश्रित व्यक्तिलाई उत्तर प्रदेश सरकारले २५ लाख भारु सहायता दिने घोषणा गरेको छ । यूपीका मुख्य मन्त्री योगी आदित्यनाथले यो घोषणा गरेका हुन् ।
पत्रकारहरूसमक्ष उनले भागदौडलाई दूभाग्यपूर्ण घटना भनेका छन् । यसमा अहिलेसम्म ९० जना घाइते भएको बताइएको छ । ३६ जना घाइतेको प्रयागराज अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
कुम्भमा भएको भागदौडमा अहिलेसम्म ३० जनाको मृत्यु भएको र २५ जनाको पहिचान भएको डीआईजी वैभव कृष्णले भनेका छन् । यस घटनाको न्यायिक जाँच गर्ने र जाँचका लागि न्यायिक आयोग पनि गठन गर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण