विमान दुर्घटना
एक साथ यात्रुवाहक विमान र सेनाको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएपछि विमानस्थल बन्द
बिहीबार, १७ माघ २०८१, ११ : ३६
वासिंगटन । अमेरिकन एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टर आकाशमै ठोक्किएर दुर्घटना भएपछि अमेरिकाको रिगन नेशनल एयरपोर्ट शुक्रबार बिहानसम्मका लागि बन्द गरिएको छ ।
विमानस्थल प्रशासनले विमानस्थलमा उडान र अवतरण बन्द गरिएको जनाएको छ । सोही विमानस्थल नजिकै स्थानीय समय अनुसार बुधबार राति ९ बजेतिर यात्रुवाहक विमान र सेनाको हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
विमानको टुक्रा विमानस्थल नजिकै भएर बग्ने पोटोम्याक नदीमा फेला परेको छ । हेलिकोप्टर पनि सोही नदीमा खसेको अवस्थामा फेला परेको छ ।
उद्धार टोलीले १८ वटा शव फेला पारेका छन् । नदीमा डुंगामार्फत उद्धार टोलीलाई परिचालन गरिएको छ । हेलिकोप्टरबाट पनि खोजतलास जारी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण