समाचार
भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत फेला
शनिबार, १९ माघ २०८१, ०९ : २५
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन् । शनिबार बिहान सडक पेटीमा कलौनीको शव घोप्टो परेको अवस्था फेला परेको हो ।
उनको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले जानकारी दिए ।
जोशीका अनुसार हिँड्दाहिँड्दै लडेको जस्तो अवस्था देखिन्छ, भने शरीरमा कुनै चोटपटक देखिँदैन । उनको घर पनि सोही क्षेत्रमा पर्दछ ।
उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण