नयाँ पुस्ताले क्रान्तिको झन्डालाई अझ उचाइमा पुर्याउने विश्वास लिएको छु : पवन कार्की
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) का निवर्तमान उपाध्यक्ष पवन कार्कीले आफ्नो उमेर समूहका सहयात्रीहरूको त्यागको शृङ्खलालाई गहिरोसँग बुझ्न र मनन गर्न नसकिए सङ्घर्षप्रति अन्याय हुने बताएका छन् ।
विद्यार्थी संगठनबाट औपचारिक रूपमा सोमबार बिदाइ हुन लागेका उनले विज्ञप्ति मार्फत नयाँ पुस्ताले क्रान्तिको झन्डा अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । आफूले दुई दशक बढी क्रान्तिकारी विद्यार्थी आन्दोलनमा समर्पित गर्दा सङ्घर्ष, त्याग र परिवर्तनको मूल्यलाई नजिकबाट अनुभव गर्न पाएको स्मरण गरेका छन् ।
‘अग्रजहरूको सम्मान, तत्कालीन आवश्यकता, एकता प्रक्रिया लगायतका कारण तहगत रूपमा सङ्गठनको सबै तहको जिम्मेवारीमा दोहोरो कार्यकाल बस्न बाध्य भयौँ। जब सङ्गठनको नेतृत्व गर्ने पालो आयो, विगतदेखि आफैँले उठाएको माग आफ्नै पालामा पूरा गर्ने गरी उमेर हदको छिनोफानो गर्न तयार भयौँ । सङ्गठनको नेतृत्व गर्ने इच्छा र चाहना हुँदाहुँदै ३२ वर्ष मुनिको उमेर समूहलाई नेतृत्व हस्तान्तरणमा सहजीकरण गर्यो । अन्ततः निर्वाचनको माध्यमबाट ३२ वर्ष मुनिको नेतृत्व निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्यौँ । नयाँ पुस्ताले क्रान्तिको झन्डा अझ उच्च र मजबुत ढङ्गले उठाउने विश्वाससहित बिदाइ लिँदै छु’, उनले लेखेका छन् ।
यो आन्दोलनबाट प्राप्त गरेको अनुभव र ज्ञानलाई सङ्गठनको सम्पत्तिको रूपमा ग्रहण गर्दै आवश्यक परेमा जुनसुकै बेला नयाँ नेतृत्वका लागि सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
पुस १३ गते भएको उमेर हदसम्बन्धी निर्वाचनमा खुला पक्षधर पराजित भएपछि कार्कीसहित १३८ जना पदाधिकारीले अवकाश पाएका थिए । नयाँ नेतृत्वका लागि माघ १२ गते निर्वाचनमा पहिलो पटक ३२ वर्ष मुनिका पदाधिकारी निर्वाचित भएका थिए ।
प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट ३३ जना पदाधिकारी, ४८ जना सचिवालय सदस्य १६२ जना केन्द्रीय सदस्य र १५ जना केन्द्रीय आयोगका पदाधिकारी निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण