खैरो हेरोइनसहित १ जना पक्राउ
सोमबार, २१ माघ २०८१, ११ : २०
रौतहट । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहुरबाट लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ वर्षीय सागर श्रेष्ठ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले सोमबार जानकारी दिए ।
उनीमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी आइतबार जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शनिवार दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट गएको टोलीले चन्द्रपुर ४ चिडियादल टोल बाट उनलाई पक्राउ गरेको थियो। उनको साथबाट डेढ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
-
बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक
-
अमेरिकी आप्रवासी हिरासतको मृत्युदर दशककै उच्च : अधिकार समूह
-
गृहमन्त्रीको अम्लेटमा काँडा : सर्वसाधारणको स्वास्थ्य झन् कति जोखिममा ?
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
-
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण