रेडियोकर्मी भण्डारीलाई ‘गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान’
काठमाडौँ । रेडियोकर्मी ओम भण्डारीलाई ‘गोविन्द शर्मा स्मृति क्रियाशील पत्रकारिता सम्मान’ प्रदान गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १६ औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनलाई नगद ५ हजार ५५५ रुपैयाँ सहित उक्त सम्मान प्रदान गरिएको हो । कवि तथा वरिष्ठ संस्कृतिविद् तुलसी दिवसले भण्डारीलाई नगद तथा सम्मान पत्र प्रदान गरे ।
भण्डारी हाल रेडियो थाहा सञ्चारमा ‘सुसेली’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । वि.स. २०५९ सालमा एचविसी एफ एमबाट सञ्चारकर्म सुरु गरेका उनले यो क्षेत्रमा २२ वर्ष व्यतीत गरिसकेका छन् ।
संस्थाको पूर्व उपाध्यक्ष र सह सचिव गोविन्द शर्माको सडक दुर्घटनामा निधन भएको थियो । उनै शर्माको स्मृतिमा अघिल्लो वर्षदेखि क्रियाशील पत्रकारिता सम्मान प्रदान गर्न थालिएको हो ।
वर्तमान कार्यसमितिले सम्मान कार्यविधि निर्माण गरि सञ्चारकर्मी भण्डारीलाई छनौट गरेको थियो । सम्मानपछि सञ्चारकर्मी भण्डारीले संस्कृतिपरक सृजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले श्रोतालाई कस्तो गीत सुनाउने पहिला हात कार्यक्रम सञ्चालकै भएकाले संस्कृतिलाई जोगाउने या भड्काउने यसैको भूमिकामा निर्भर रहने बताए ।
कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्दमणि गौतमले लोकसंस्कृतिको संरक्षण र संवर्द्धनमा सबैले चासो दिनु अनिवार्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण